नियम ८
कन्सोर्टियम वा ब्रिज फाइनान्सिङमा गरिने लगानीको हद
८. कन्सोर्टियम वा ब्रिज फाइनान्सिङमा गरिने लगानीको हद ः
कोषले कुनै बैंक वा वित्तीय संस्थासँग मिली नगर विकाससँग सम्बन्धित निकायले संचालन गर्ने आधारभूत सामाजिक सेवा र आयमूलक आयोजनामा कन्सोर्टियम वा ब्रिज फाइनान्सिङको आधारमा लगानी गर्दा कोषमा जम्मा रहेको पूँजीको १५ प्रतिशतमा नबढ्ने गरी लगानी गर्न सक्नेछ । तर कुनै खास प्रयोजनको लागि खर्च गर्न कुनै संस्थाबाट कोषलाई प्राप्त भएको अनुदान रकम कुनै बैंक वा वित्तीय संस्थासँग मिली नगर विकाससँग सम्बन्धित निकायले संचालन गर्ने आधारभूत सामाजिक सेवा र आयमूलक आयोजनामा लगानी गर्नु परेमा त्यस्तो संस्थाको पूर्व स्वीकृति लिनु पर्नेछ र त्यसरी स्वीकृति लिइएकोमा पन्ध्र प्रतिशतको बन्देज लागू हुनेछैन ।